उपभोक्ता ठग्ने ९३५ व्यापारीलाई ३ करोड ७५ लाख जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षमा ९३५ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा अनुगमनका क्रममा उपभोक्ता ठगेको पाइएपछि सो व्यापारिक फर्मलाई आर्थिक जरिवाना गरिएको विभागले जानकारी दिएको हो ।
गत आर्थिक वर्ष भरीमा विभागले देशभरका ४ हजार २६९ वटा व्यापारिक फर्ममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ९३५ वटाले विभिन्न बाहानामा उपभोक्तामाथि ठगि गरिरहेको भेटिएको थियो । ती फर्मले बढी मूल्यमा वस्तु बिक्री गरेको, म्याद गुज्रिएको वस्तु बेचेको लगायत बदमासी भेटिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।
देशभर गरेको अनुगमनमा १४ सय ३७ वटा टोली खटिएका थिए । त्यसक्रममा ९३५ वटा फर्मले उपभोक्ता ठगेको पाइएपछि ती फर्महरुलाई कूल ३ करोड ७५ लाख ८ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।
यस्तै १ हजार १०२ फर्मसँग कागजात माग गरिएको छ । यसबाहेक ८६ वटा फर्ममा म्याद गुज्रिएको वस्तु भेटिएपछि नष्ट गरिएको छ । १ करोड २६ लाख २ हजार रुपैयाँ बराबरका वस्तु नष्ट गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण