मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्विप
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमालेले विश्वासको मत नदिने भएको छ । नेकपा एमाले संसदीय दल बागमती प्रदेशको शनिबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मत गर्ने निर्णय गरेको हो ।
एमालेले आफ्ना सांसदहरूलाई मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले बताए ।
सत्ता समीकरण परिवर्तन पछि मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरणको सहमति बनेसँगै मुख्यमन्त्री जम्कट्टेल माथि सङ्कट देखिएको थियो ।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारबाट असार २४ मा एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै ५ मन्त्रीको सामूहिक राजीनामा गराएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण