लामा बागमतीको नयाँ मुख्यमन्त्री बन्ने पक्का
काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको बैठकले सर्वसम्मतले सो निर्णय गरेको हो ।
योसँगै प्रदेशमा उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सहमति गरेसँगै बागमति प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो ।
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्य अनुसार असार २४ गते नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी त्यागेर सरकारबाट बाहिरिइसकेको छ । योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा छन् ।
अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने भएका हुन् । सोहीअनुसार शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ पेस गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण