उपसभामुख रानामाथि छानबिन गर्न रामहरि खतिवडाको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै आपत्ति जनाए ।
संसद्सँग कुनै साइनो नभएका ५ जनाका लागि अमेरिका जानका लागि पत्र पठाएको पाइएको र कसैलाई नचिनेको मान्छेलाई उपसभामुखले कसरी सिफारिस गरेको भन्दै छानबिन गर्न माग गरे ।
उनले भने– ‘यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? यो पत्र कसैलाई थाहा नदिई, कसैलाई पनि चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, सुन्नमा आउँछ उपसभामुखको पनि एक जनासँग चिनजान भएको अवस्थामा ५ जनालाई सिफारिस भएको छ । यो कसले किन के प्रयोजनका लागि गरेको हो ? संसद्को मात्र हैन देशको अपमान भयो ।’ पैसा लिएर भोलि सिफारिस गर्ने काम गरे संसद्को इज्जत के हुन्छ भन्दै प्रश्न गरे ।
उनले सांसद रवि लामिछानेलाई इङ्गित गर्दै देशको सूचना बेच्ने मान्छे यहीँ छ भनेर कसैले भनेको सुनेको थियौँ, सूचना हैन मान्छे बेच्ने मान्छे यहीँ कतै छ कि छानबिन हुनुपर्छ भन्दै कटाक्ष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण