सांसदलाई प्रचण्डको निर्देशन : ‘सुशासनका कारण सरकार ढल्यो, अब सशक्त प्रतिपक्षको भूमिका खेल्नोस्’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा ध्यान नदिई सशक्त प्रतिपक्षको भूमिका खेल्न निर्देशन दिएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा दलका नेता समेत रहेका प्रचण्डले अघिल्लो सरकारले अगाडि बढाएको सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सशक्त भूमिका खेल्न निर्देशन दिएका हुन् ।
बैठकबारे जानकारी दिँदै सांसद लेखनाथ दाहालले पार्टीको ध्यान सरकार भन्दा पनि प्रतिपक्षको भूमिका बलियो र प्रभावकारी बनाउनेबारे छलफल भएको बताए ।
‘अध्यक्षले सरकार ढल्नुको कारणबारे सांसदहरूलाई ब्रिफिङ गर्नुभयो । अब पार्टीको ध्यान सरकार निर्माण भन्दा पनि सशक्त प्रतिपक्षको भूमिका खेल्नेमा हुनेछ । मेरो नेतृत्वको सरकारले सुशासनलाई अगाडी बढाएपछि सरकार ढल्यो । ओली सरकारको काम कारबाही हेरेर सशक्त प्रतिपक्षको भूमिका खेल्नोस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै दाहालले रातोपाटीसँग भने ।
बैठकमा सांसदहरूले माओवादी नेतृत्वको सरकार ढल्नुको कारणबारे प्रचण्डमाथि प्रश्न उठाएका थिए । यस्तै प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न सांसदहरूलाई दलले ह्विप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण