११ मन्त्रालयमा मुख्यमन्त्रीको छड्के, देखिए यस्ता बेथिति

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले आइतबार मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् ।
प्रदेश सरकारको कार्यालयमा कर्मचारीहरूको लापरबाही बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले बिहान मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको अनुगमन गरेका हुन् ।
निरीक्षण तथा अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही रहेको पाइएको बताए ।
उनले कर्मचारीहरूमा खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या रहेको पाइएको जनाए ।
प्रदेश सरकारकै कर्मचारीहरूमा त्रुटि भेटिएपछि मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयको कर्मचारीलाई पत्र लेखेर जवाफ मागेका छन् ।
पत्रमा मुख्यमन्त्री सिंहले हरेक मन्त्रालयमा देखिएको समस्या लेख्दै त्यसको कारणबारे जवाफ मागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार आज पहिलो दिन अनुगमन गर्दा कर्मचारीमा धेरै लापरबाही पाइयो , त्यसपछि देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ ।
कार्यालय समय सुरु भए लगत्तै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, अर्थ, गृह, भौतिक, सिचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयको मुख्यमन्त्री सिंहले निरीक्षण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर