११ मन्त्रालयमा मुख्यमन्त्रीको छड्के, देखिए यस्ता बेथिति
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले आइतबार मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् ।
प्रदेश सरकारको कार्यालयमा कर्मचारीहरूको लापरबाही बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले बिहान मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको अनुगमन गरेका हुन् ।
निरीक्षण तथा अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही रहेको पाइएको बताए ।
उनले कर्मचारीहरूमा खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या रहेको पाइएको जनाए ।
प्रदेश सरकारकै कर्मचारीहरूमा त्रुटि भेटिएपछि मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयको कर्मचारीलाई पत्र लेखेर जवाफ मागेका छन् ।
पत्रमा मुख्यमन्त्री सिंहले हरेक मन्त्रालयमा देखिएको समस्या लेख्दै त्यसको कारणबारे जवाफ मागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार आज पहिलो दिन अनुगमन गर्दा कर्मचारीमा धेरै लापरबाही पाइयो , त्यसपछि देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ ।
कार्यालय समय सुरु भए लगत्तै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, अर्थ, गृह, भौतिक, सिचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयको मुख्यमन्त्री सिंहले निरीक्षण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण