लेखनदासहरुबाट लेखिएको संविधान पुनर्लेखन गर्नुपर्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद् बाहिर लेखनदासबाट लेखिएको र संसद्बाट पारित गरिएको संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा उनले जनतालाई गोली बर्साएर जारी संविधान पुनर्लेखन गर्नुपर्ने बताए ।
उनले भने– ‘संविधान संशोधनको सवाल अति महत्त्वपूर्ण सवाल हो । यो संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए । जनतामाथि गोली बर्साएर जारी भएको संविधान हो । संविधान सभामा ३ सयभन्दा बढी संशोधनहरू प्रस्तुत भएका थिए । छलफल नै नगरी बाहिर लेखनदासहरूबाट लेखाएर संविधानसभाको माध्यमद्वारा घोषणा गरिएको संविधान हो । यो संविधानको पुनर्लेखन, संशोधन जरुरी छ ।’
उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरू लगायतका विषयहरूमा संशोधनको आवश्यकता रहेको र संविधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरे ।
यादवले दुई ठुला दल मिल्ने यो अन्तिम अवसर समेत रहेको बताए । मुलुकको राजनीतिक अवस्था डिलमा पुगिसकेको बताउँदै दुई ठुला दलको गठबन्धन सरकार असफल भए त्यसपछिका विकल्पहरू मुलुकका लागि कति दुःखद, पीडादायक हुने उल्लेख गर्दै ठुलो चुनौती रहेको बताए । त्यस्तो अवस्थामा मुलुक ठुलो सङ्कटतर्फ जाने उल्लेख गरे ।
यस्तै उनले चुरे क्षेत्रको संरक्षण गर्न माग गरे । जथाभाबी सडक बनाउने काम गरेका कारण पहिरोको समस्या रहेको बताए । देशमा कृषि उत्पादन गिर्दो अवस्थामा रहेको बेरोजगारी दर बढ्दै गएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण