अधिकांश विन्डोज उपकरणको ब्याकअप राखिएको छः क्राउडस्ट्राइक
वाशिङटन डीसी । शुक्रबार समस्या देखिएका माइक्रोसफ्ट विन्डोजको उपकरण मध्ये अधिकांशले काम गर्न थालेको साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले बताएको छ ।
सबै उपकरणलाई सामान्यस्तरमा फर्काउनमा काम भइरहेको सामाजिक सञ्जालमा गरेको एउटा पोष्टमा कम्पनीले भनेको छ । कम्पनीको गरेको अपडेटमा फाइल करेप्टेड परेपछि विश्वभर ८५ लाख विन्डोज उपकरणले काम गर्न छाडेको आइतबार अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टले भनेको थियो । यो विश्वभर प्रयोग भइरहेको विन्डोज उपकरणको एक प्रतिशतभन्दा कम थियो ।
आफ्ना कारण विश्वभरका ग्राहकले भोग्नु परेको समस्याप्रति क्राउडस्ट्राइकले माफी मागेको छ । ‘यसले उत्पन्न गराएको अवरोधप्रति हामी माफी माग्दछौं,’ कम्पनीले भनेको छ ।
यो समस्याका कारण अझै कति उपकरणहरूले समस्या भोगिरहेका छन् भन्नेबारे कम्पनीले केही पनि बताएको छैन । अमेरिकामा मात्रै आइतबार बाहिरिने र भित्रिने गरेर १ हजार ४०० उडान रद्द गरिएको उडानहरूको रेकर्ड राख्ने प्लेटफर्म फ्लाइटअवेरले बताएको छ ।
अमेरिकी विमान सेवा प्रदायकमध्ये डेल्टा र युनाइटेड एयरलाइन्स सबैभन्दा धेरै प्रभावित रहे । बेलायत, जर्मनी र इजरायलमा शुक्रबार स्वास्थ्य सेवा प्रभावित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण