अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुल्यो

काभ्रेपलाञ्चोक । वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।
सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराइनेछ । गत असार अन्तिम साता पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो । उक्त क्षेत्रमा स–साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई ‘स्याण्डबाई’ राख्दै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै