सुदूरपश्चिम प्रदेश : विशेष अधिवेशनमा सत्तापक्ष सहभागी नहुने सङ्केत
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि मंगलबार आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनबारे आफूलाई थाहा नभएको बताएका छन् । सरकारले अधिवेशन आह्वान नगरेको र कसैले अधिवेशनबारे सरकारसँग समन्वय नगरेको मुख्यमन्त्री सोडारीले बताएका हुन् ।
मुख्यमन्त्री सोडारीले रातोपाटीसँग भने, ‘हामीले अधिवेशन आह्वान गरेका छैनौँ । अधिवेशनबारे हामीलाई थाहा छैन ।’ आज सभामुख भीमबहादुर भण्डारीले सभा सञ्चालनको लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमा सत्तापक्षको उपस्थिति नहुने देखिएको छ । साथै आह्वान गरिएको विशेष अधिवेशनमा पनि उनीहरूको उपस्थिति नरहने देखिएको हो ।
प्रदेश सरकारका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले पनि अधिवेशनबारे आफूलाई थाहा नभएको र अधिवेशनको औचित्य पनि नभएको बताएका छन् । मन्त्री रावलले भने, ‘अधिवेशन सरकारले राख्ने हो । हामीले राखेका छैनौँ । यो अधिवेशन नै औचित्यहीन अधिवेशन हो । यसमा सरकारको उपस्थिति हुने सम्भावना न्यून छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा थियो । तर अध्यादेशको बाटोबाट बजेट ल्याउने बाटो नै बन्द गरी प्रदेश प्रमुख नजिर मियाँमार्फत विशेष अधिवेशनको आह्वान गरिएको छ ।
अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सरकारले प्रदेश प्रमुखलाई असार ३० गतेदेखि लागू हुने गरी बजेट अधिवेशन अन्त्यको लागि पत्राचार गरेको थियो । तर प्रदेश प्रमुख मियाँले साउन ३ गते राति १२ देखि लागु हुने गरी अधिवेशन अन्त्य गरे ।
त्यसको भोलिपल्ट प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू (काँग्रेस एमालेसहित) विशेष अधिवेशनमा माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन गरे । त्यस लगत्तै प्रदेश प्रमुखले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभामा पत्राचार भएको हो ।
प्रदेश सभा सचिवालयले भोलि साउन ८ गते दिउँसो २ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन बोलाएको छ । असार १७ गते दुई ठुला दल कांग्रेस र एमालेबिच भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारबाट एमाले बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण