६ अर्बको बासमती चामलसहित एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात

काठमाडौँ । नेपालमा ६ अर्बको बासमती चामल आयात भएको छ । यस्तै एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।
उक्त खाद्यान्न आयायतबाट सो अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
नेपालमा अधिकांश खाद्य वस्तु भारतबाट आयात भएको छ । भारतबाटमात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।
नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिन्छ । गत आर्थिक वर्ष २०८०/०८१ मा भारत, चीन, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा ४ लाख मेट्रिक टन धान र चामल आयात भएको छ । यसबाट २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ ।
यस्तै, ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ ।
यस्तै, साढे एक मेट्रिक टन बराबर मैदा, पिठो, गहुँ लगायत खाद्यान्न आयात भएको छ । यसबाट नेपालले १९ अर्ब रुपैयाँ बराबर खर्च गरेको विभागको तथ्याङ्क छ ।
सोही अवधिमा नेपालबाट १ करोड ५८ लाख बराबरको मात्रै खाद्यान्न निर्यात भएको तथ्याङ्कमा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसक्यो : झलनाथ खनाल
-
नेपाली सेनाको सैन्य आधार तालिम समापन, २ हजार ९५१ नयाँ सैन्य दीक्षित
-
समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव
-
राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ मा हुने
-
बिहीबार बेपत्ता गोताखोर अझै भेटिएन
-
टिचिङ अस्पतालले माग्यो एक सय जना नर्स