६ अर्बको बासमती चामलसहित एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात
काठमाडौँ । नेपालमा ६ अर्बको बासमती चामल आयात भएको छ । यस्तै एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।
उक्त खाद्यान्न आयायतबाट सो अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
नेपालमा अधिकांश खाद्य वस्तु भारतबाट आयात भएको छ । भारतबाटमात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।
नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिन्छ । गत आर्थिक वर्ष २०८०/०८१ मा भारत, चीन, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा ४ लाख मेट्रिक टन धान र चामल आयात भएको छ । यसबाट २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ ।
यस्तै, ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ ।
यस्तै, साढे एक मेट्रिक टन बराबर मैदा, पिठो, गहुँ लगायत खाद्यान्न आयात भएको छ । यसबाट नेपालले १९ अर्ब रुपैयाँ बराबर खर्च गरेको विभागको तथ्याङ्क छ ।
सोही अवधिमा नेपालबाट १ करोड ५८ लाख बराबरको मात्रै खाद्यान्न निर्यात भएको तथ्याङ्कमा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण