सरकारले डेंगु रोग नियन्त्रणका लागि खोप आयात गर्छ : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पेस गरेको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताए । उनले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताए ।
मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गरे । जनतामा चेतना फैल्याउन पनि सो रोगको रोकथाममा लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुका परिचालन उपयोग हुने मन्त्री पौडेलको भनाई थियो ।
मन्त्री पौडेलले सो रोगको रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काममा सहयोग गर्न सांसदहरूलाई पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण