अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित
नुवाकोट । अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन् । पहिरोले एकघर र पसल बगाएको छ ।
सूर्यगढी गाँउपालिका–४ अर्चलेमा आज बिहान बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्कि घर र किराना पसल बगाएको हो ।
वडा नं ४ का अध्यक्ष रामशरण राईले किराना पसल बगाउँदा त्यहाँ रहेका रु १० लाख बराबरको सामग्री पहिरोमा पुरिएका छन् भने घरमा पूर्णरूपमा क्षति पुगेको जानकारी दिए ।
अर्चलेस्थित बस्ती माथिबाट बगिरहेको पहिरोले सोही स्थानका अन्य एक दर्जन परिवार विस्थापित भएका छन् । पहिरोले घरमा क्षति पु¥याउन थालेसँगै आफूहरू छिमेकी गाउँमा आश्रय लिन बाध्य भएको पहिरोपीडित राजकुमार तामाङले गुनासो गरे । उनीसहित रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सरोज तामाङ, रामकृष्ण तामाङको परिवार विस्थापित भएका हुन् ।
उक्त स्थानमा १५ वर्षअघि पनि पहिरो जाँदा पाँच परिवार विस्थापित भएको थिए । अन्यत्र जमिन नभएकाले सोही स्थानमा बसोबास गर्दै आएकामा फेरि पहिराको जाखिम बढेपछि घर छोड्नुपरेको पीडितको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण