केन्द्रीय कमिटीलाई पूर्णता दिन माधव नेपालले बोलाए बैठक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक साउन १० गते बिहीबार ११ बजे बस्ने गरी बोलाइएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
बैठकको एजेन्डा केन्द्रीय कमिटीलाई पूर्णता दिने रहेको पाण्डेको भनाइ छ । २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्ने सो पार्टीले जनाएको छ । यसअघि ९३ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत भए पनि बाँकी २०६ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको आधारमा सन्तुलन र क्लस्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्ने पार्टी नेताहरूले बताएका छन् ।
केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूको हाई कमिटीले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गरिनेछन् । त्यसरी पेस भएका नाममा केन्द्रीय कमिटीमा पुन छलफल गरी अनुमोदन हुने नेता पाण्डेको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीले सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा सहभागिता हुनेगरी भौगोलिक सन्तुलन कायम गर्दै जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित हुनेगरी मापदण्ड बनाइएको बताएको छ । यसअघि असार २१ गते सकिएको १० राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा भए पनि बाँकी केन्द्रीय सदस्य १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण