प्रदेश सरकारमा एकपक्षीय मन्त्री चयनले कांग्रेसमा किचलो
काठमाडौँ । सत्ताधारी नेपाली कांग्रेसमा प्रदेश सरकारमा मन्त्री चयनलाई लिएर किचलो सुरु भएको छ । सङ्घीय सरकारमा ४० प्रतिशत मन्त्री भागबन्डा पाएको डा.शेखर कोइराला समूहले प्रदेशमा मन्त्रीमा भाग नै नपाएपछि किचलो सुरु भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरूका सवालमा अहिलेसम्म शेखर समूहसँग सल्लाह र समन्वय नै नगरेको उक्त समूहका एक नेताले रातोपाटीलाई बताए ।
प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे कोइरालाको बिशालनगरस्थित सम्पर्क कार्यालयमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेको बुझिएको छ ।
छलफलले कोशीमा–२, बाग्मतीमा– ३, गण्डकीमा–२, लुम्बिनीमा– २, कर्णालीमा–१ र सुदूरपश्चिममा–१ जना मन्त्री शेखर समूहले पाउनुपर्ने अडान राख्ने निष्कर्ष निकालेको एक नेताले बताए ।
छलफल लगत्तै कोइरालाले देउवालाई फोन गरी आफ्नो समूहको धारणा सुनाएका थिए ।
‘अहिलेसम्म देउवाले कुनै जवाफ दिएका छैनन् । विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचार बाहेक कोइराला पूर्णरुपमा बेखबर छन्’ ती नेताले भने– ‘देउवा नसच्चिए हाम्रो समूह कडा रूपमा प्रस्तुत हुनेछ ।
प्रदेश अध्यक्षको आपत्ति
यसैबिच, लुम्बिनी प्रदेशको मन्त्री छनोट गर्दा प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको भन्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले असन्तुष्टि जनाएका छन् । पार्टीबाट पठाउने व्यक्तिहरूको छनोट गर्दा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उनले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सङ्घीयता एवं समावेशिताको मर्म र पार्टीको विधान विपरीत मन्त्रीहरू बनाएको आरोप पुनको छ । आम कार्यकर्ताको भावना विपरीत मन्त्रीहरू छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको बृहत् भेला गरी यथोचित निर्णयमा पुग्ने चेतावनी दिएका छन् ।
गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी कांग्रेसबाट मन्त्री बनेका छन् । न्यौपाने संस्थापन इतरका हुन् भने मन्त्री बनेका अन्य संस्थापन समूहका हुन् ।
पुनले आफ्नो असन्तुष्टि समेटेर पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र पनि पठाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण