उम्मेदवारी छाडेकोबारे देशव्यापी सम्बोधनमा बाइडेनले के भने ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतिको निर्वाचनको दौडबाट आफ्नो नाम फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।’ राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले भनेका छन् ।
अमेरिका नाजुक मोडमा रहेको र अब आफूहरूले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने पनि उनले बताए । अमेरिकीहरूले अगाडि बढ्ने कि पछाडि हट्ने, आशा र घृणा, एकता र विभाजनबिच चयन गर्नु पर्ने पनि उनले बताए । ‘मलाई लाग्छ कि राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ ।’ उनले भने ।
अमेरिकी लोकतन्त्रलाई बचाउने बाटोमा केही कुरा आउन नसक्ने र यसमा व्यक्तिगत महत्त्वाकाङ्क्षा पनि समावेश हुने पनि उनले बताए । नयाँ पुस्तालाई कमान्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएकोमा उनले जोड दिएका छन् । अमेरिकालाई एकताबद्ध गर्ने यो उत्तम तरिका भएको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण