अमेरिकी कंग्रेसको संयुक्त बैठकमा के भने नेतान्याहुले ?
वाशिङटन डीसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन् । कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईँका पनि शत्रु हुन् ।’ इरानसँग इजरायल लडिरहँदा उसले अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेको हुने पनि उनले बताए । ‘हाम्रो युद्ध तपाइँहरुको पनि युद्ध हो र हाम्रो जित, तपाईँहरूको पनि जित हो ।’ उनले भने ।
धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरेका थिए । तर कांग्रेसका दर्जनौँ डेमोक्रेटिक नेताहरू जानाजानी संसदमा आएनन् । सम्बोधनका क्रममा नेतान्याहुले पनि चर्को विरोधको सामना पनि गर्नु परेको थियो ।
मानिसहरूले हातमा ब्यानर बोकेर नेतान्याहुविरुद्ध प्रदर्शन गरिरहेको देखिएको थियो । एक प्रदर्शनकारीले त नेतान्याहुलाई ‘युद्ध अपराधी’ घोषित गरे । नेतन्याहुको सम्बोधनमा बाधा पुर्याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण