काेशी प्रदेश : माओवादीका मन्त्रीले राजीनामा दिँदै
विराटनगर । नेकपा माओवादी केन्द्र काेशी प्रदेश सरकारबाट बाहिरिने भएकाे छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका भाैतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले आज पार्टी सरकारबाट बाहिरिने बताए।
`दलका नेताले आज सरकार छाेड्न भन्नुभएकाे छ । उहाँ आउँदै हुनुहुन्छ । त्यसपछि राजीनामा पत्र बुझाउँछाैं,´ उप्रेतीले भने ।
गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो ।
केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।
कोशी सरकारमा माओवादीबाट भौतिक पूर्बाधार बिकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् ।
संविधानको धारा १६८(५) अन्तरगत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
-
आलुको परिकारमा साङ्ला भेटिएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण