गण्डकी प्रदेश घुम्न आउने विदेशी पर्यटकको प्रमुख गन्तव्य मनाङ
काठमाडौँ । गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरू प्रमुख गन्तव्य मनाङ जिल्ला हुने गरेको छ । गण्डकीका अन्य जिल्लाको तुलनामा मनाङमा विदेशी पर्यटकले धेरै दिन बिताउने गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुुसार गण्डकी आउने विदेशी पर्यटकले मनाङ भ्रमणमा खर्चने औसत दिन सर्वाधिक देखिएको हो । मनाङ घुम्न जाने विदेशी पर्यटकको औसत बसाइ १८.१३ दिन रहने गरेको छ ।
दोस्रो रोजाइमा म्याग्दी पर्ने गरेको छ । म्याग्दीमा विदेशी पर्यटकको औसत बसाइ १३.६२ दिन रहने गरेको छ भने त्यसपछि मुस्ताङमा १३.२५ दिन औसत बसाइ रहने गरेको छ । कास्कीमा १०.६७, नवलपरासी पूर्वमा ७ र गोरखामा ४.३७ दिन औसत बसाइ हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा आउने पर्यटकलाई हुने मुख्य समस्यामा भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या आदि रहेको पाइएको छ । सर्वेक्षणमा संलग्नमध्ये केही पनि समस्या अनुभव नरहेको पर्यटक २८.४१ प्रतिशत पाइएको छ भने यातायातको समस्या भोगेका २३.११ प्रतिशत, भुक्तानीको समस्या भोगेका १५.३४ प्रतिशत र भाषागत समस्या भोगेका १२.३१ प्रतिशत पाइएको छ ।
गण्डकी घुम्न आउने विदेशी पर्यटकले गर्ने खर्चमध्ये खानपिन खर्च सर्वाधिक रहेको छ । खानपिनमा २८.२२ प्रतिशत रकम खर्च गर्दा बसाइका लागि २७.६ प्रतिशत, यातायातमा २१.७, मनोरञ्जनका लागि १२.३, किनमेलमा ५.७७, करबापत २.२४, धार्मिक खर्चमा १.११ र अन्य खर्चमा १.०६ प्रतिशत रकम खर्च गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण