कर्णाली सरकारमा कांग्रेसको सहभागिता अझै अनिश्चित, के भन्छन् मुख्यमन्त्री ?
शुक्रबार, ११ साउन २०८१, १४ : ०३
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिने विषयमा अझै अनिश्चित रहेको बताएका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त रहेकोले केही ढिलाइ भएको उनले बताए ।
शुक्रवार पत्रकार भेटघाटमा क्रममा उनले भने, ‘उहाँहरूको पार्टीको कुरा मलाई थाह भएन, उहाँहरू कहाँ हुनुहुन्छ, अस्ति प्रदेशसभा बैठकमा ४ जना आउनुभयो ।’
कांग्रेसका अधिकांश सांसदहरू काठमाडौँ रहेको बताउँदै कँडेलले आफै खोज्न काठमाडौँ जानुपर्ने हो कि ? भन्दै प्रश्न गरे । आफू काठमाडौँ जाँदा सामान्य छलफल भएको बताउँदै कँडेलले एमाले–कांग्रेसको सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने बताए ।
‘यसअघि माओवादीकै साथीहरू भएको खाली ठाउँ भर्ने हो कि भन्ने होला तर नयाँ स्तरबाट हुन्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण