नेपाल प्रहरीका २८९ लेखापालको सरुवा (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लेखापालहरुको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेकाहरूलाई सरुवा गरिएको छ ।
विशेष ब्युरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकराम राईलाई पठाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रदेश प्रहरी कार्यालयमा दिनेश प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा इन्स्पेक्टर दीपेश खरेल सरुवा भएका छन् ।
महाराजगन्ज स्थित प्रहरी अस्पतालमा ध्रुव बहादुर विष्टलाई सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापागाईँ र बागमती प्रदेशमा प्रकाश शाहलाई पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजय बहादुर घले आएका छन् ।
प्रहरी प्रधान कार्यालय स्थित कल्याण महाशाखामा रविन ढकाल र केन्द्रीय अनुसन्धान ब्युरोमा रवीन्द्र थापालाई पठाइएको छ । शेखर जङ्ग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
इन्स्पेक्टर सविन कुमार सङ्ग्रौला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र वरिष्ठ सई अजय कुमार खनाल मुस्ताङमा सरुवा भएका छन् । बाँकेमा वरिष्ठ सई कमलकान्त पुनलाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
-
दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?
-
हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ : रास्वपा
-
प्रशासनमा पुग्यो न्यायपालिका अधिकृत समाजको विवाद