डीएभी : बीसीएका लागि उत्कृष्ट कलेज
काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको डीएभी कलेजमा स्नातक तह र स्नातकोत्तर तहमा विभिन्न विषयको पठनपाठन हुँदै आएको छ । स्नातक तह अन्तर्गत बीबीए, बीबीएम, बीबीएस र बीसीए जस्ता शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।
त्यस्तै स्नातकोत्तर तहमा एमबीएसको शैक्षिक कार्यक्रम सञ्चालनमा छ । डीएभी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज हो । विद्यार्थी मैत्री वातावरण, सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा विज्ञ शिक्षकहरूबाट पठनपाठन हुँदै आएको छ ।
डीएभीमा हाल बेचुलर इन कम्प्युटर साइन्स (बीसीए) कार्यक्रम सञ्चालनमा छ । चारवर्षे उक्त कार्यक्रम सेस्टिर प्रणाली अनुसार पढाई हुँदै आएको छ । यो कोर्स पढ्नका लागि कक्षा ११ र १२ मा जुनसुकै विषय लिएर पढेकाले विद्यार्थीले समेत पढ्न पाउँछन् ।
कक्षा ११ र १२ मा जुनसुकै विषयबाट न्यूनतम ‘डी’ ग्रेड ल्याएका विद्यार्थीले पढ्न पाउने बीसीए कार्यक्रमका प्रमुख सुदिप अधिकारीले बताए ।
‘मापदण्ड कक्षा ११ र १२ मा न्यूनतम ‘डी’ ग्रेड ल्याउनुपर्छ । साइन्स, म्यानेजमेन्ट, ह्युमनिटीज जस्ता जुनसुकै सङ्काय पढेका विद्यार्थीले समेत यो कोर्स पढ्न पाउँछन् । त्यसका लागि इच्छाशक्ति चाहिन्छ,’ प्रमुख अधिकारीले भने ।
यसका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत ह्युमनिटी एण्ड सोसल साइन्स डीनको कार्यालयले प्रवेश परीक्षा लिने गरेको छ । उक्त प्रवेश परीक्षा पास गरेका विद्यार्थीले बीसीए पढ्न पाउँछन् ।
डीएभीमा उक्त कोर्सको लागि ३५ विद्यार्थीको कोटा छ । आइटी सम्बन्धित जे जस्तो सुकै काम समेत यो विषय पढेका विद्यार्थीले पाउँछन् । सरकारीदेखि फ्रिलायन्सरसम्मका काम समेत गर्न सकिने उनको भनाइ छ । त्यस्तै साईबर सेक्युरिटी सम्बन्धीको काम समेत यही विषय पढेका विद्यार्थीले गर्न पाउने बताए ।
_SSh8qpTuBt.jpg)
त्यसका लागि डीएभीमा बीबीए लक्षित तीन वटा ल्याबको स्थापना गरिएको छ । जसमा २ वटा कम्प्युटर ल्याब र एउटा हार्डवेयर ल्याब छ । कलेजले पढाई सँगसँगै हरेक सेमिस्टरमा वर्कसप समेत गराउँदै आएको छ । त्यस्तै विभिन्न खालका सेमिनार तथा तालिमहरू समेत प्रदान गर्दै आएको छ ।
वर्कसपको हकमा टेक्निकल तथा नन टेक्निकल वर्कसप हुने गरेका छन् । त्यस्तै इन्टर्नसिपको व्यवस्था पनि कलेजले गर्ने गरेको उनको भनाइ छ । ‘हामीले मल्टिपल कम्पनीहरूसँग एमओयू साइन गरेका छौँ । त्यो गर्दा खेरी उनीहरूलाई इन्टर्न पनि कलेजबाट नै पठाइरहेका हुन्छौँ । विद्यार्थीहरूलाई पढ्दै काम गर्न सक्ने गरी सक्षम बनाउँछौँ,’ प्रमुख अधिकारीले भने ।
बीसीए कोर्सका लागि चार वर्षको शुल्क सात लाख ६० हजार लाग्छ । त्यसमा राम्रो नतिजा ल्याउने तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको उनको भनाइ छ ।
_TM40uctvU0.jpg)
डीएभी कलेजको भिजन नै ‘उत्कृष्टताको केन्द्र बन्न जसले मानव पोषण गर्दा विश्वव्यापी नागरिक बन्न प्रेरित गर्दछ’ (To be center of excellence that inspires to be a global citizen while nurturing the Human Values.) भन्ने छ ।
नेपालमा अवसर
कोरोना महामारीपछि नेपालमा मात्र नभई संसारभर नै सूचना प्रविधिको अत्यधिक माग भयो । सबै क्षेत्रमा आइटी पढेको मान्छे चाहियो । जसले गर्दा आइटीकाे क्रेज बढायो ।
त्यसयता अहिले पनि आइटिको अवसर दिन प्रतिदिन बलियो बन्दै गएको छ । हरेक कार्यालयदेखि कम्पनीहरू सम्ममा आइटी पढेको कर्मचारी खोज्न थालेका छन् ।
_5LL7tCivWi.jpg)
बीसीए पढेका विद्यार्थीहरूले यस्ता खालका अवसरहरू पाउने गरेको उनको भनाइ छ ।
‘मल्टिपल कम्पनीहरू छ । विद्यार्थी आफैँ पनि मार्केटमा काम गर्न सक्ने भयो । या रिसर्च गरेर नयाँ नयाँ एप पनि डेभलप गर्न सक्ने भयो । राम्रोसँग पढ्यो भने जागिर नपाउने र घर बस्नुपर्ने अवस्था हुँदैन,’ उनले भने ।
_dpdowCjgGY.jpg)
_64g3Hy9sye.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार, संलग्न ५ जना भारतीय पक्राउ
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण