वीर अस्पतालका सबै बेड प्रयोग गर्ने गरी योजना बनाउँछु : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा भएका सबै बेडलाई आगामी वर्षदेखि प्रयोग गर्ने गरि योजना बनाउने बताएका छन् । आज वीर अस्पतालको १३५ औँ वार्षिकोत्सव समारोहमा उनले सो कुरा बताएका हुन् ।
‘वीर अस्पतालमा जति बेड छन्, आगामी वर्षदेखि सबै उपभोग गर्ने गरी नीति तथा कार्यक्रम बनाउँछौँ,’ उनले भने, ‘जति सामान छन् तिनको प्रयोग हुने स्थिति निर्माण गर्नेछौँ ।’
स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सबै क्षेत्रको क्षमता विकास गर्न आवश्यक देखिएको उनले बताए । स्वास्थ्यकर्मीलाई काम गर्न आवश्यक सुरक्षित वातावरण निर्माणका लागि पनि आफू निरन्तर लाग्ने उनको भनाई थियो । ‘आवश्यक दरबन्दी सिर्जना गर्नेछौँ, आवश्यक स्रोत साधन जुटाउन लाग्ने छौँ,’ उनले भने ।
मन्त्री पौडेलले सरकारी अस्पतालमा राज्यले लगानी गरेको, जनशक्ति भएको तर प्रभावकारी सेवा हुन नसकेको विषयलाई बुझेर, अप्ठ्यारा र चुनौतीहरू सामना गरेको तर्क राखे । ‘सीमित स्रोत साधन छन्,’ उनले भने, ‘तीनै सीमितताका बिचमा पनि प्रभावकारी काम गर्नुपर्छ, त्यो हामी सबैले मिलेर गर्नुपर्छ ।’
स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन सबैलाई मन्त्री पौडेलले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण