छुट्टाछुट्टै ठाउँमा आठ जना मृत फेला
शनिबार, १२ साउन २०८१, १७ : ०९
काठमाडौँ । देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।
- महोत्तरी, बर्दिबास नगरपालिका-१२ जुली बजार जाने बाटोमा गौशाला नगरपालिका घर भएका ४५ वर्षीय शोमा लाल चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- प्युठान, सरूमारानी गाउँपालिका-२ ददेरीस्थित गहनाखोलामा सोही ठाउँ बस्ने ५७ वर्षीय गुरु प्रसाद शर्मा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, जोशीपुर गाउँपालिका-३ बस्ने ४२ वर्षीया हिरा देवी गड्सिला आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शव शङ्कास्पद अवस्थामा देखिएपछि आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- दार्चुला, नौगाड गाउँपालिका-५ स्थित सेलाबगर खोलामा सोही गाउँपालिका-३ खार बस्ने ३५ वर्षीय मनबिर बोहरा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रोल्पा, रून्टिगढी गाउँपालिका-६ सरिचौर बस्ने ६१ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँ डुब्रिङ चोकस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-२ बाह्रघरे चोक नजिक बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- रौतहट, गुजरा नगरपालिका-३ सिमरीस्थित लाल बकैया खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- मकवानपुर, बागमती गाउँपालिका-९ स्यालथुम वेसीस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण