शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

निर्माण उद्योग परिषद्ले भन्यो– मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुल्यो

शनिबार, १२ साउन २०८१, १९ : २६
शनिबार, १२ साउन २०८१

काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेको बताएको छ । शक्रुवार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पार्ने प्रभाव र सम्बोधन सकारात्मक हुनेमा आफूहरु विश्वस्त रहेको बताए । महासचिव देउजाले संकटको डिलमा पुगिसकेको परिस्थिति गहन अध्ययन गरेर मौद्रिक नीति आएको बताए । उनले विदेशी ऋणहरु क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको पनि बताए ।

बजारमा पैसा पुर्याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै महासचिव देउजाले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्नेगरी मौद्रिक नीति आएको बताए । उनले मौद्रिक नीतिले व्यवसायीहरु बाहिर निस्किने वातावरण सिर्जना गरेको उल्लेख गरे ।

उनले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले उठाएका धेरै मागहरु सम्बोधन गरेको बताए । राष्ट्र बैंकबाट जारी हुने निर्देशिकाहरुमा चनाखो हुनुपर्ने आवश्यकता रहेको बताउँदै यस्तै निर्देशिका आए निर्माण क्षेत्रमा भएको संकुचन फुक्ने बताए । मौद्रिक नीतिको कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त रहेको पनि बताए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप