जसपा नेपाल केन्द्रीय समितिको बैठक साउन २७ गतेदेखि
शनिबार, १२ साउन २०८१, २१ : ४५
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक यही साउनको अन्तिम साता बस्ने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आज बैठक सम्बन्धमा विज्ञप्तिमार्फत जानकारी दिँदै साउन २७, २८, २९ र ३० गते बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएका हुन् ।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायत विषयहरूमा अभिमुखीकरणसमेत दिइनेछ । साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायत विषयहरुमा छलफल गरी आवश्यक निर्णय गरिने पनि अध्यक्ष यादवले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण