प्रकृतिको चोट
गोरखाको धार्चेमा पहिरो, ३ जना बेपत्ता
आइतबार, १३ साउन २०८१, ०७ : ४९
पोखरा । गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ ।
पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार ३ जना अझै पहिरोमै छन् । ‘एउटा गोठ हो । अर्को घर कि पसल भन्ने खुलेको छैन,’ उनले भने, ‘पहिरोमा ५ जना परेका र २ जनाको जीवितै उद्धार भएको भनिएको छ ।’
माछीखोला र लाप्राकबाट प्रहरी घटनास्थलतर्फ गएको उनले बताए । ‘घटना भएको थाहा पाएपछि टोली परिचालन भएको छ,’ उनले भने, ‘प्रहरी पुगेपछि विस्तृत जानकारी आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण