‘ह्रस्व दीर्घ’ले कि पोस्टरमा राख्यो बलिउड कलाकार
काठमाडौँ । असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘ह्रस्व दीर्घ’ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् ।
निर्माण युनिटले आइतबार फिल्मको एक नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा हरिहर अधिकारी, कबीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार लगायत नेपालीदेखि साउथका कलाकारसम्म अटाएका छन् । नयाँ पोस्टरले फिल्म प्रति दर्शकलाई उत्साहित जगाउन बलिउड कलाकार समेत राखिएको निर्देशक पन्तले बताए ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका चर्चित छायाकार कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा बन्ने यो फिल्मलाई मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण