माधवलाई सकस, केन्द्रीय कमिटी बैठक फेरि सर्यो
आइतबार, १३ साउन २०८१, १५ : ०६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले १४ गते सोमबार बोलाएको केन्द्रीय कमिटीको बैठक सारेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय कमिटी थप गर्न सकस भएपछि बैठक सारिएको हो ।
केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १४ गतेको बैठक साउन १६ गते बुधबारका लागि सारिएको हो । तयारी अपुग भएपछि बैठक दुई दिन पर सारिएको खतिवडाले बताए ।
सो पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ । तर भागबण्डामा कुरा नमिल्दा बैठक सरेको छ ।
असार २१ गते सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले २०६ जना केन्द्रीय सदस्य छान्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण