देउवालाई शशांकले भने– पार्टी संसदीय दलको उपनेता बनाउनुपर्छ
आइतबार, १३ साउन २०८१, १८ : १८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
पार्टीका पूर्वमहामन्त्री समेत रहेका कोइरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाइ गर्न नहुने बताए । उनले सभापति देउवाले उपनेता किन चयन नगरेको भनी प्रश्न समेत गरे ।
पार्टीका सिनियर नेताहरू मध्येबाट उनले संसदीय दलको उपनेता बनाउनुपर्ने महामन्त्री कोइरालाको भनाई थियो । उनले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए ।
नेता कोइरालाले सिनियर नेतालाई पार्टी संसदीय दलको उपनेता बनाउनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण