१० वर्षमा ६५ प्रतिशतले बढ्यो भारतमा बाघको सङ्ख्या
सोमबार, १४ साउन २०८१, १२ : ४२
नयाँ दिल्ली । भारतमा बाघको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । सन् २०१४ देखि सन् २०२४ को बीचमा त्यहाँ बाघको सङ्ख्या ६५ प्रतिशतले बढेको छ ।
सन् २०१४ मा देशभरमा कूल बाघको सङ्ख्या २ हजार २२६ थियो । यो अहिले बढेर ३ हजार ६८२ मा पुगेको छ ।
भारतमा सन् १९७३ मा सरकारले पहिलोपटक टाइगर रिजर्भ बनाउने घोषणा गरेको थियो । सुरुवाती चरणमा देशभरमा नौ वटा टाइगर रिजर्भ बनाइएको थियो ।
हालै गरिएको घोषणापछि यो सङ्ख्या बढेर ५४ वटा पुगेको छ । भारतको केन्द्र सरकारले सन् १९७३ मा बाघ परियोजना सुरु गरेको थियो ।
सन् २००६ मा सरकारले वन्यजन्तु संरक्षण ऐनमा ठुलो हेरफेर गरेको थियो । त्यसयता बाघ संरक्षणमा बृहत् स्तरमा काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण