मंगलबार त्रिविको सिनेट बैठक बस्दै, स्ववियुले बहिष्कार गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मंगलबार सभा (सिनेट) बैठक बोलाएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्रीका कारण स्थगित भएको सभा बैठक मंगलबार (भोलि) बिहान १० बजेका लागि बोलाइएको हो ।
यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।
प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले भोलिका लागि समय उपलब्ध गराएपछि सभा बस्न लागेको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले अहिलेको सिनेट (बर्खे अधिवेशन) मा खासै महत्त्वपूर्ण विषय नरहेको बताए ।
भोलिको बैठकमा नीति तथा कार्यक्रमसँगै बजेट पारित गरिने उनको भनाइ छ । त्यस्तै ७४ हजार ९०० ग्रेजुएट हुने विद्यार्थीको ग्रेस लिष्ट पास समेत गरिने बताए । मङ्सिरमा यो वर्षको दीक्षान्त समारोह हुनेछ । त्यसका लागि ग्रेजुएट भएका विद्यार्थीहरूको ग्रेस लिष्ट पास गरिने उनको भनाई छ ।
बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट पारित गर्ने परम्परा रहेको उनको भनाइ छ । महत्त्वपूर्ण निर्णयहरू हिउँदे अधिवेशनबाट मात्रै पारित गर्ने त्रिविको परम्परा रहेको बताउँदै यो अधिवेशनमा महत्त्वपूर्ण निर्णयहरू नगरिने बताए ।
स्ववियुले बहिष्कार गर्ने
सिनेटमा प्रतिनिधित्व गर्ने त्रिवि स्ववियुले भने बहिष्कार गर्ने भएको छ । स्ववियु सभापति श्यामराज ओझाले सिनेटमा प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले बहिष्कार गर्ने बताए ।
‘त्रिभुवन विश्वविद्यालयको उच्चतम निकाय त्रिविसभा हो । विश्वविद्यालयको विधान परिवर्तन गरी यसको सिस्टम सुधार ल्याउने निर्णय हुने ठाउँ नै सभाको बैठक हो । तर, पछिल्ला समय प्रधानमन्त्री ज्यूहरूले कुनै पनि नीति पारित नगरेका कारण विश्वविद्यालयको सुधार हुन नसकेको सर्वविदितै छ,’ सभापति ओझाले भने ।
यसपटक कुलपति र त्रिविका पदाधिकारीहरूले कुनै एजेन्डामा छलफल नगर्ने मनसाय देखाएकोले आफूहरूले बहिष्कार गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण