पेरिस ओलम्पिक : ६ स्वर्णसहित जापान पहिलो स्थानमा, पदक तालिकामा २६ राष्ट्रको उपस्थिति
काठमाडौँ । ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा चौथो दिनको खेल सकिँदासम्म एसियाली राष्ट्र जापान पदक तालिकाको अग्रस्थानमा आसीन छ । जापानले ६ स्वर्ण, दुई रजत र चार कांस्य गरी कुल १२ पदक जितिसकेको छ ।
यसैगरी, पाँच स्वर्ण पदक जितेको आयोजक राष्ट्र फ्रान्स तालिकाको दोस्रो स्थानमा छ । फ्रान्सले आठ रजत र तीन कांस्य पदक पनि हात पारेको छ । पाँच स्वर्ण, पाँच रजत र दुई कांस्य पदक हात पारेको चीन तालिकाको तेस्रो स्थानमा छ ।
यसैगरी, पाँच स्वर्ण र चार रजत पदक जितेको अस्ट्रेलिया चौथो स्थानमा छ । तालिकाको पाँचौँ स्थानमा आसीन दक्षिण कोरियाले पाँच स्वर्ण, तीन रजत र एक कांस्य गरी कुल नौवटा पदक जितेको छ । तीन स्वर्ण, आठ रजत र नौ कांस्य पदकसहित अमेरिका छैटौँ स्थानमा छ ।
बेलायत, इटाली, क्यानडा, हङ्कङ र जर्मनीले दुई–दुईवटा स्वर्ण जितेका छन् । सातौँ स्थानमा आसीन बेलायतले पाँच रजत र तीन कांस्य पनि हात पारेको छ । आठौँ स्थानमा आसीन इटालीले तीन रजत र तीन कांस्य तथा नवौँ स्थानमा रहेको क्यानडाले एक रजत र दुई कांस्य जितेका छन् ।
यसैगरी, १०औँ स्थानमा आसीन हङ्कङले एक कांस्य पनि चुमेको छ । ११औँ स्थानमा आसीन जर्मनीले भने दुईवटा स्वर्णमात्र हात पारेको छ । कजाकस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक–एक स्वर्ण पदक जितेका छन् ।
अन्य राष्ट्रले हालसम्म स्वर्ण पदक चुम्न सकेका छैनन् । चौथो दिनको खेल सकिँदासम्म २६ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराएका छन् । दक्षिण एसियाली राष्ट्र भारतले पनि एउटा कांस्य पदक जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण