पल र बेनिशाको ‘कल्ली’ निर्माण घोषणा
काठमाडौँ । रेड वर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म ‘कल्ली’ निर्माणको घोषणा गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् ।
महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्मका फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । फिल्मको मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फिल्मको छायाङ्कन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ ।
सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन्, भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नि बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभूति हुने निश्चित छ । एउटा पोस्टरमा बेनिशाको आँखाबाट आँसु झरेको देख्न सकिन्छ ।
नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । फिल्मको प्रदर्शन मिति नयाँ वर्षको छेको पारेर चैत्रको २९ गते घोषणा गरिएको छ ।
फिल्मको छायाङ्कन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायाङ्कन सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण