स्कुल बस नियमन गर्न सरकारलाई सांसद परियारको ध्यानाकर्षण
मङ्गलबार, १५ साउन २०८१, १४ : १९
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले स्कुल बसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सोमबार पोखरामा भएको स्कुल बस दुर्घटनाबारे जानकारी गराउँदै स्कुल बस नियमन गर्न आग्रह गरेका हुन ।
उनले भने,‘सरकारले स्कुल बसबारे विशेष ध्यान दिन आवश्यक छ । काठमाडौँ लगायतका सहरी इलाकामा विद्यार्थीलाई बिहान डेढ घण्टा, बेलुका डेढ घण्टा स्कुल बस चढाउने अवस्था छ । नजिक स्कुल भएपनि महँगा स्कुलमा पढाउन बस चलाउने व्यवस्था छ । विदेशमा जस्तै पायक पर्ने स्थानमा विद्यार्थी पढाउनुपर्ने व्यवस्था गर्न आवश्यक छ ।’
उनले पुराना बसलाई स्कुल बस बनाइएको बताउँदै त्यसलाई ध्यान दिन र सडकको घुम्तीमा छेकबार नभएकोले पनि दुर्घटना बढेकोले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण