रास्वपा सांसद चौधरीले सरकारको आलोचना गरेपछि सभामुखले गरे रुलिङ
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सरकारको आलोचना गर्न थालेपछि रुलिङ गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका चौधरीले कुनै खास विषयमा आफ्नो भनाई नराखी सरकारका कामहरूको आलोचना गरेपछि सभामुख घिमिरेले विषय केन्द्रित भएर बोल्न निर्देशन दिए ।
सांसद चौधरीले सरकारको आलोचना गर्दै भने, ‘सरकार रेमिट्यान्सको लोभमा फसेको छ, कन्सल्टेन्सीहरुलाई पैसा कमाउनु परेको छ । ३० जना श्रमिक मजदुरहरू साउदी अरबमा बन्दी भएर बस्नुपरेको छ, ती नेपालीलाई नेपाल फिर्ता ल्याउन र दोषीलाई कारबाही गर्न माग गर्दछु । यो सरकार संविधान विरोधी सरकार बन्न पुगेको छ । यसको सुरुवात मन्त्रीपरिषद् गठनदेखि सुरु भएको थियो । अहिले मन्त्रीपरिषद् गठनपछि पछिल्लो निर्णय गर्दा १८ देशमा राजदूत सिफारिस गर्दा र ३ वटा प्रदेशमा प्रदेश प्रमुख फेरिँदा र मन्त्रालयमा २२ सचिवको सरुवा हुँदा एउटा पनि मधेसी, थारु, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका नहुनु दुर्भाग्यपूर्ण छ ।’
सांसद चौधरीले यति बोलेपछि सभामुख घिमिरेले आकस्मिक समयमा के बोल्न चाहेको हो विषयमा केन्द्रित रहन गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण