२० जनामा हैजा पुष्टि, सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौँ, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो ।
गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, रोगीको मलमूत्रबाट पानीको मुहानलाई जोगाउनु पर्दछ । झिँगा लागेको, वासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ (विशेष गरी हातको सरसफाइ) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्याउनुहुन साथै समुचित चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिची मिची हात धुनुहुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ।’
मन्त्रालयका अनुसार हैजाका मुख्य लक्षण तथा चिन्हहरूमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन पर्दछन् । संक्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले तुरुन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मृत्युदर हुने गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न