ललितपुरका ७ ठाउँमा डुबान, २४ जनाको उद्धार
ललितपुर । अविरल वर्षाका कारण ललितपुरमा ७ ठाउँमा डुबान भएको छ । डुबानमा परेका २४ जनालाई प्रहरीले उद्धार गरेको छ ।
युएन पार्कबाट दुई जना, सुन्दरी घाटबाट ८ जना, बालकुमारी पुलबाट १ जना र महालक्ष्मी नगरपालिका–७ स्थित चागाँथलीबाट ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । सानेपा राम मन्दिरबाट ६ जना मानिस र ८ वटा बाख्रा उद्धार गरिएको छ ।
ललितपुरबाट ३ बालक, ८ महिला र १३ जना पुरुष समेत गरेर २४ जनाको उद्धार गरिएको एसपी सुवेदीले जानकारी दिए ।
गएरातिको अविरल वर्षाको कारण च्यासल स्थित एमालेको पार्टी कार्यालय र फुटबल मैदानमा पानी पसेको छ । ललितपुर महानगरपालिका–२ स्थित सानेपा हुँदै शंखमुल करिडोर सम्मको सड्कमा बागमती नदी पसेको छ ।
इमाडोल स्थित किष्ट अस्पताल र पवन प्रकृति स्कुल आसपासको क्षेत्र डुबानमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण