केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
बुधबार, १६ साउन २०८१, १० : ०५
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बस्दै छ । बुधबार ११ बजेपछि बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
‘बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ । सकभर आजै नभए भोली सम्ममा टुङ्गिन्छ’, खतिवडाको भनाइ छ । नेकपा एकीकृत समाजवादीका नेताहरूका अनुसार आकाङ्क्षी धेरै भएपछि २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन नेताहरूलाई सकस भएको छ ।
पार्टी नेता राजेन्द्र पाण्डेले विधानमा १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएकाले त्यसबारे समेत छलफल हुनेछ । असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले अहिलेसम्म पूर्णता दिन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण