रणवीर कपूरको रामायणमा कुणाल कपूरको इन्ट्री
नयाँ दिल्ली । रंग दे बसंती, आजा नच ले जस्ता फिल्ममा देखिएका अभिनेता कुणाल कपूर नितिश तिवारी निर्देशित पौराणिक फिल्म रामायणको हिस्सा बनेका छन् । फिल्ममा उनले कुन पात्रको भूमिका निभाउँदै छन् भन्नेबारे कुनै जानकारी बाहिर आएको छैन । तर खबरहरूलाई पत्याउने हो भने अभिनेताले फिल्मको लागि तयारी सुरु गरिसकेका छन् ।
पिंकभिल्लाको हालै छापेको समाचार अनुसार कुणाल कपूरले फिल्मको करारमा हस्ताक्षर गरिसकेका छन् । यस फिल्ममा रणवीर कपूरले भगवान रामको भूमिका निभाइरहेका छन् । साउथकी अभिनेत्री साई पल्लवीले माता सीताको भूमिका निभाएकी छिन् । कणालले आफ्नो पात्रका लागि कस्ट्युम ट्रायल पनि गरिसकेको र अहिले स्क्रिप्टको रिहर्सल गरिरहेको बताइएको छ ।
कुणाल कपूर यस अघि अन्तिम पटक २०२१ को फिल्म अनकही कहानियाँ देखिएका थिए । यो फिल्म नेटफ्लिक्समा रिलिज भएको थियो । सोही वर्ष उनी कोई जाने नामा पनि देखिएका थिए । सन् २०२१ यता कुणालको कुनै पनि बलिउड फिल्म रिलिज भएको छैन । कुनालको तेलुगु फिल्म विश्वंभरा सन् २०२५ मा रिलिज हुने तय भएको छ । यसबाहेक उनको हातमा ज्वेल थीफ पनि छ ।
दुई भागमा बन्नेछ फिल्म
नितेश तिवारीको निर्देशनमा बन्न लागेको रामायण दुई भागमा रिलिज हुनेछ । दुवै चलचित्रको ३५० दिनको शूटिङ शेड्यूलमा पूरा गरिनेछ । रणवीर कपूर र साई पल्लवीले फिल्मको सुटिङ सुरु गरिसकेका छन् । सेटबाट उनीहरूको लुक पनि सार्वजनिक भएको थियो । फिल्मको छायाङ्कन सन् २०२५ को डिसेम्बरसम्ममा सम्पन्न हुने बताइएको छ ।
फिल्ममा कन्नड स्टार यश लंकेश पनि रावणको भूमिकामा देखिने भएका छन् । लारा दत्ताले शूर्पणखाको भूमिका निभाएकी छिन् । फिल्ममा शनि देओलले हनुमानको भूमिका निर्वाह गर्ने खबर पनि आएको छ । अभिनेता बबी देओललाई फिल्ममा कुम्भकर्णको भूमिकाको अफर आएको तर उनले सो अफर अस्वीकार गरेको अफवाह पनि सुन्नमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच १० बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण