इस्माइल हनियाको मृत्युमा हमासले के भन्यो ?
रफाह । तेहरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्याबारे हमासले विज्ञप्ति जारी गरेको छ । एक वरिष्ठ अधिकारीले हमासले यसको जवाफ अवश्य दिने बताएका छन् । हमासद्वारा सञ्चालित अल अक्सा टेलिभिजन च्यानलका अनुसार मुसा अबु मारजुकले यसलाई कायरतापूर्ण कार्य भनेका छन् र यसको जवाफ दिने बताएका छन् । यसबारे इजरायलले कुनै आधिकारिक बयान जारी गरेको छैन । तर केही नेताहरूले यसबारे प्रतिक्रिया दिएका छन् ।
हानियाको मृत्युले संसारलाई राम्रो ठाउँ बनाउने सम्पदा मन्त्री अमिचाय इलियाहुले सामाजिक सञ्जालमा भनेका छन् । ‘संसारबाट यस प्रकारको फोहोर सफा गर्ने यही सही तरिका हो,’ अमिचायले आफ्नो पोस्टमा लेखेका छन् । इ
जरायली रक्षा बल (आईडीएफ)ले भने यस विषयमा टिप्पणी दिन मानेको छैन । विदेशी सञ्चार माध्यमहरूमा हानियाको मृत्युबारे आइरहेको खबरमा आफूले कुनै प्रतिक्रिया नजनाउने आईडीएफले सीएनएन र फ्रान्सेली समाचार एजेन्सीलाई भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण