बाङ खोलाको बाढीले तीन पुल बगायो
बुधबार, १६ साउन २०८१, १३ : १६
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुनास्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए ।
अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ ।
यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण