जापानले सन् २००७ यता दोस्रो पटक बढायो ब्याजदर
टोकियो । जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । १७ वर्षमा दोस्रो पटक बिहीबार ब्याजदर बढाइएको हो । मौद्रिक नीतिलाई सामान्य बनाउने कोसिसबिच बैंक अफ जापान (बीओजे)ले मुख्य ब्याजदर शून्य प्रतिशतदेखि ०.१ प्रतिशतबिचबाट बढाएर ०.२५ प्रतिशतमा पुर्याएको हो ।
बैंकले बृहत् स्तरमा ऋणपत्र किन्ने कार्यक्रमलाई पनि घटाउँदै लग्ने भएको छ ।अमेरिकामा नीतिगत बैठकपछि ब्याजदरसम्बन्धी नयाँ घोषणा हुने बेलामा बीओजेले यो घोषणा गरेको हो । बैंक अफ इङ्गल्यान्डले पनि बिहीबार ब्याजदरसम्बन्धी निर्णयको घोषणा गर्ने अपेक्षा गरिएको छ ।
यस पटक बीओजेले ब्याजदर बढाउने अपेक्षाबिच यो निर्णय आएको छ । मार्च त्रैमासमा जापानको अर्थतन्त्र वार्षिक २ दशमलव ९ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको थियो । उपभोक्ता मूल्य पनि एक वर्ष अघिको तुलनामा जुनमा २ दशमलव ६ प्रतिशतभन्दा कमले बढेको देखिएको थियो । उपभोक्ता खर्च सुस्ताइरहेको तथ्याङ्क आइरहँदा बीओजेले ब्याजदर बढाउने निर्णय गरेको छ ।
बीओजेले आगामी वर्षको सुरुमा अर्को ब्याजदर वृद्धि गर्ने अपेक्षा गरिएको छ । मार्चमा बैंकले सन् २००७ यता पहिलो पटक ब्याजदर बढाएको थियो । योसँगै विश्वमा कुनै पनि देशमा नकारात्मक ब्याजदर रहेन । सन् २०१६ मा बीओजेले सुस्ताएको अर्थतन्त्रलाई उकास्न ब्याजदर घटाएर शून्यभन्दा तल झारेको थियो । ब्याजदर नकारात्मक हुँदा बैंकमा पैसा राख्न उल्टै ब्याज तिर्नु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण