नमस्ते सहकारीका ८ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी, प्रबन्धक कारागार चलान
काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारीका ८ जनालाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नमस्तेका अध्यक्ष रविन्द्र थापा, श्रद्धा मगर, सुधन पाण्डेय, जानुका सुवेदी, शनी शाक्य, दिनेश राज सिग्देल, श्रवण मगर र अर्जुन भट्टराईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नमस्ते बचत तथा ऋण सहकारीका प्रबन्धक गणेश सिजापति कारागारमा छन् । २०८० माघमा उनलाई इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएर मुद्दा चलाएको थियो । यसअघि तिनकुनेमा कार्यालय रहेको सहकारीको कार्यालय अहिले बन्द छ ।
अदालतले जेठ ६ मा प्रहरी वृत्त नयाँ बानेश्वरलाई पक्राउ गरेर पठाउन भन्दै पत्राचार गरेको हो । नमस्ते बचत तथा ऋण सहकारीका संचालकहरुविरुद्ध अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले रातोपाटीलाई बताए । उनले भने,‘प्रतिवादीहरुविरुद्ध अदालतबाट म्याद पुर्जी आएको छ ।’
सञ्चालकहरूले करिब ५ करोड रकम अपचलन गरेको पीडितहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण