यो वर्ष मनसुनको विपत्तिमा परी ११७ जनाको मृत्यु, ४४ बेपत्ता : गृह मन्त्रालय
काठमाडौँ । यो वर्ष मनसुन सुरु भएयता ११७ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मनसुनका कारण सिर्जित बाढी पहिरोका घटनामा परी सो सङ्ख्यामा मानवीय क्षति हुनुका साथै ११२ जना घाइते भएको जानकारी गराए ।
मनसुन सिर्जित घटनाका कारण १८० घर पूर्ण रूपमा क्षति भएको र १५३ घरमा आंशिक क्षति भएको जानकारी गराए । यी घटनामा झन्डै १३ करोड ८१ लाख रुपैयाँ क्षतिको अनुमान गरिएको जानकारी दिए ।
यस्तै चितवनको सिमलतालमा भएको दुई वटा बस बेपत्ता भएको घटनामा ६२ यात्रु मध्ये ३ जना बाँच्न सफल भएको, ३५ यात्रु अझै बेपत्ता रहेको, फेला परेका ५ शव पहिचान हुन नसकेको जानकारी गराए । सो स्थानमा वडा कार्यालयले बाटो खनेर माटो खोँचमा खसालेको र बाढी आउँदा त्यही लेदोले गाडी बगाउने अवस्था पाइएको जानकारी गराए ।
सचिव अर्यालले यो वर्ष असोज १९ गतेसम्म मनसुनको प्रभाव रहेकोले अझै जोखिम टरिनसकेको बताए । साथै उनले मनसुन अवधिमा हैजा, डेङ्गी लगायतको सरुवा रोगको समेत प्रकोप बढेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण