पोखरामा खुल्यो पोसाक घर

पोखरा । स्थानीय कच्चा पदार्थबाट उत्पादन भएका कपडा बेच्न पोखरामा राष्ट्रिय पोसाक घर खुलेको छ । विगत ७ वर्षदेखि काठमाडौँमा सञ्चालन भइरहेको पोसाक घर पोखरामा झारिएको हो । तानबाट घरमै बुनेका अल्लो, लोक्ता, ढाका, गाँजा लगायतका पोसाकलाई पोखराबाट बिक्री गर्न लागिएको पोसाक घरका श्याम बजगाईंले जानकारी दिए ।
‘स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्य हो । काठमाडौँमा पनि विभिन्न जिल्लाबाट सङ्कलन गरिएका नेपाली उत्पादनलाई नै बिक्री गरेका छौँ,’ उनले भने, ‘अब यो सेवा पोखराबाट दिन लागेका छौँ ।’ पोसाक घरको बुधवार पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति र गायक प्रकाश सपुतले संयुक्त रूपमा उद्घाटन गरे ।
पोसाक घरबाट दौरा सुरुवाल, टोपी लगायत स्थानीय उत्पादनबाट बनेका नेपाली पोसाक तयार गर्ने र बिक्री गर्ने बजगाईंको भनाई छ । उद्घाटनपछि प्रजापतिले उद्योगी व्यवसायी र सेवाका क्षेत्रमा इजी ग्रुपले नवीन काम गरेको बताए । उनले नाफा कमाउने मात्रै भन्दा गुणस्तरीय सेवामा जोड दिन आग्रह गरे ।
पोसाक घरका पोसाकमा समान गुणस्तर कायम गर्न काठमाडौँबाट नै दक्ष जनशक्ति ल्याइएको इजी ग्रुपका संस्थापक राम कँडेलले जानकारी दिए । पोसाक घरलाई ईजी ग्रुपले नै पोखरा भित्र्याएको हो । इजी ग्रुपले पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल, होटेल, मल लगायत विभिन्न कम्पनीमा १ हजारभन्दा बढी कामदार उपलब्ध गराएको छ ।
उद्घाटन कार्यक्रममा गायक प्रकाश सपुतले पोसाक घरले धेरैको जीवन र संस्कृति जोड्ने बताए । देशबाट युवाहरू पलायन हुने क्रम बढिरहेकै सन्दर्भमा देशमै भविष्य देखेर लगानी गर्नु सह्रानीय काम भएको उनको भनाई छ । पोसाक घर १ करोड लगानीमा सञ्चालन गरिएको लगानीकर्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा