पेरिस ओलम्पिक : पदक तालिकाको पहिलो स्थानमा उक्लियो चीन
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको छैटौँ दिन चीन पदक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अघिल्लो दिन चीन तालिकाको दोस्रो स्थानमा थियो ।
चीनले नौ स्वर्ण, सात रजत र तीन कांश्य गरी कुल १९ पदक जितेको छ । आयोजक राष्ट्र फ्रान्स पदक तालिकको दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्सले आठ स्वर्ण, १० रजत र आठवटा कांश्य पदक हात पारेको छ ।
अघिल्लो दिनसम्म पदक तालिकाको पहिलो स्थानमा रहेको एसियाली राष्ट्र जापान भने तेस्रो स्थानमा झरेको छ । जापानले हालसम्म आठ स्वर्ण, तीन रजत र चा कांश्यसहित कुल १५ पदक जितेको छ । चौथो स्थानमा आसिन अस्ट्रेलियाले सात स्वर्ण, ६ रजत र तीन कांश्य हात पारेको छ ।
यसैगरी, पाँचौँ स्थानमा आसिन बेलयातले ६ स्वर्ण, ६ रजत र पाँच कांश्य पदक जितेको छ । दक्षिण कोरिया ६ स्वर्ण, तीन रजत र तीन कांश्यसहित तालिकाको छैटौँ स्थानमा छ । सातौँ स्थानमा आसिन अमेरिकाले पाँच स्वर्ण, १३ रजत र १२ कांश्य जितेको छ ।
यसैगरी, इटाली तीन स्वर्ण, ६ रजत र चार कांश्यसहित आठौँ स्थानमा छ । क्यानडा दुई स्वर्ण, दुई रजत र तीन कांश्यसहित नवौँ तथा जर्मनी दुई स्वर्ण, दुई रजत र दुई कांश्यसहित १०औँ स्थानमा आसिन छ ।
यसैगरी, ११औँ स्थानमा आसिन हङ्कङले पनि दुई स्वर्ण र दुई कांश्य जितेको छ । हालसम्म २३ राष्ट्रले स्वर्ण पदक जितिसकेका छन् । छैटौँ दिनको खेल सकिँदासम्म ४१ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण