पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता कायमै, पछ्याउँदै अमेरिका
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको पदक तालिकामा एसियाली राष्ट्र चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई पछ्याउँदै अमेरिका पनि पदक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
सातौँ दिनको खेल सकिँदासम्म चीनले ११ स्वर्ण पदक जितिसकेको छ । चीनले सात रजत र ६ कांस्यसहित कुल २४ पदक कुम्ल्याएको छ । दोस्रो स्थानमा उक्लिएको अमेरिकाले नौ स्वर्ण, १५ रजत र १३ कांस्यसहित कुल ३७ पदक हात पारेको छ ।
यसैगरी, आयोजक राष्ट्र फ्रान्स तेस्रो स्थानमा आसीन छ । फ्रान्सले हालसम्म आठ स्वर्ण, ११ रजत र आठ कांस्यसहित कुल २७ पदक चुमेको छ । आठ स्वर्ण, ६ रजत र चार कांस्यसहित कुल १८ पदक जित्दै अस्ट्रेलिया चौथो स्थानमा आसीन छ ।
अर्को एसियाली राष्ट्र जापान पनि आठ स्वर्ण, तीन रजत र पाँच कांस्यसहित कुल १६ पदक जित्दै तालिकाको पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा आसीन बेलायतले ६ स्वर्ण, सात रजत र सात कांस्य पदक जितेको छ ।
यसैगरी, दक्षिण कोरिया ६ स्वर्ण, तीन रजत र तीन कांस्य पदक हात पार्दै तालिकाको सातौँ स्थानमा आसीन छ । इटाली पाँच स्वर्ण, सात रजत र चार कांस्य पदक जित्दै आठौँ स्थानमा छ । नवौँ स्थानमा आसीन क्यानडाले तीन स्वर्ण, दुई रजत र तीन कांस्य पदक हात पारेको छ ।
यसैगरी, तालिकाको १०औँ स्थानमा आसीन जर्मनीले दुई स्वर्ण, दुई रजत र दुई कांस्यसहित कुल ६ वटा पदक चुमेको छ । जर्मनीका अतिरिक्त नेदरल्यान्ड्स, न्युजिल्यान्ड, रोमानिया, हङ्कङ र अजरबैजानले पनि दुई–दुई स्वर्ण पदक जितेका छन् ।
सातौँ दिनको खेल सकिँदासम्म २६ राष्ट्रले स्वर्ण पदकमाथि कब्जा जमाएका छन् । कुल ४६ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराएका छन् । दक्षिण एसियाली राष्ट्र भारतले हालसम्म तीनवटा कांस्य पदक जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण