वायनाड पहिरो : अहिलेसम्म २७६ को मृत्यु
नयाँ दिल्ली । भारतको केरला राज्यको वायनाडमा पहिरोमा परेर मर्नेको सङ्ख्या बढेर २७६ पुगेको भन्दै अमर उजालाले समाचार छापेको छ । अरू २५० जना जति बेपत्ता रहेको बताइएको छ ।
राहत र उद्धार कर्मीहरूले पहिरोबाट जीवित र मृतकहरू खोज्ने काममा खटिएका छन् । दिनहरू बित्दै जाँदा पहिरोमा पुरिएकाहरू जीवित भेटिने सम्भावना पनि घट्दै गइरहेको छ । यस्तोमा मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । आधिकारिक रूपमा भने अहिलेसम्म १७७ जना मरेको मात्रै पुष्टि भएको छ ।
केरला मुख्यमन्त्री पिनाराई विजयनले पहिरो पीडितका लागि राहत कोषको घोषणा गरेका छन् । सर्वसाधारणको साथसाथै दक्षिण भारतीय कलाकारहरूले पनि यो कोषमा पहिरो पीडितका लागि दान दिइरहेका छन् । अभिनेत्री रश्मिका मन्दनाले यो कोषमा १० लाख भारु दान गरेकी छिन् ।
मलयालम अभिनेता फहद फाजिल र उनको पत्नी नाजरिया नाजिमले पीडितका नाममा राहत कोषमा २५ लाख भारु दान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण