राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस गयो कर्णाली सरकारमा, कसलाई कुन मन्त्रालय ?
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सांसद राजीवविक्रम शाहको नेतृत्वमा सरकारमा सहभागी बनेको छ । उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् ।
कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीकाअनुसार शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ ।
प्रवक्ता शाहीका अनुसार मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ ।
कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण